Breaking News

सत्ता गठबन्धनको ‘निर्णायक बैठक’ बस्दै, आज नै अन्तिम टुंगो लगाउने तयारी

Banner

काठमाडौं,असोज १८-

सिट बाँडफाँटको सकस व्यहोरिरहेको सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ। मंगलबारको बैठकलाई ‘निर्णायक बैठक’ भनिएको छ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार मंगलबारको बैठकबाट सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी छ। सोमबार बसेको बैठक निष्कर्षविहीन बनेको थियो। तर, मंगलबार ठोस सहमति जुटाउने गठबन्धन आवद्ध दलहरूको तयारी छ। जसका लागि अहिले दलहरू आन्तरिक तयारीमा छन्। त्यसपछि बिहान ११ बजेका लागि गठबन्धनको बैठक बोलाइएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

सिट बाँडफाँटका लागि सत्तारूढ गठबन्धनले गत साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेको थियो। साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएपनि अहिलेसम्म टुंगो लागेको छैन। यद्यपि, धेरै स्थानमा सहमति जुटिसकेको नेताहरूको दाबी छ। हाल केही स्थानमा मात्र दुई पक्षीय र त्रिपक्षीय दाबी रहेको बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>