राजनीति

धेरै योग्य र सक्षम नेता हुँदाहुँदै सबै उम्मेदवार बन्न सम्भव छैन,अन्तरघात गर्न पाइदैनः प्रचण्डको सचिवालय

Banner

काठमाडौं,असोज १८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले गठबन्धनका कारण योग्य र सक्षम नेताहरू हुँदाहुँदै सबै उम्मेदवार बन्न सम्भव नभएको जनाएको छ। सचिवालय सदस्य समेत रेहकी प्रचण्डपुत्री गंगाले सामाजिक सञ्जालमार्फत प्रतिगमनलाई परास्त गर्न जित्नैपर्ने र गठबन्धनका दलहरूलाई समेत जिताउनुपर्ने अनिवार्यता भएको जिकिर गरेकी छन्। उनले घात प्रतिघात गर्ने छुट नभएको पनि उल्लेख गरेकी छन्।

‘हामीलाई असन्तुष्टि या अन्य बहानामा निष्क्रिय बन्न या निर्वाचनमा घात प्रतिघात गर्ने छुट छैन । पार्टीले यिनै तथ्यलाई मनन गर्दै भए गरेका निर्णयहरूलाई सक्रियतासाथ पालना गर्नु हाम्रो ऐतिहासिक जिम्मेवारी पनि हो’, उनले लेखेकी छन्। समानुपातिक उम्मेदवारको बन्दसूचीको काम टुंगिएको र अब केही दिनमा सीट बाँडफाँटसँगै उम्मेदवारीको समेत टुंगो लाग्ने उनको दाबी छ।

‘एउटा जीवन्त पार्टीभित्र उम्मेदवारको आकांक्षा राख्ने, जनतामाझ आफूलाई योग्य साबित गर्ने चाहना धेरै कमरेडको हुनु स्वभाविकै हो। तर, धेरै योग्य र सक्षमहरू भएको हाम्रो गौरवशाली पार्टीमा सबैले उम्मेद्वार बन्नु सम्भव थिएन र छैन पनि। त्यसैले यसपटक पार्टीले केही निश्चित मापदण्डका आधारमा उम्मेदवारको सिफारिस गर्न मातहतका कमिटीहरूलाई निर्देशनसमेत गरेको थियो।’

शुद्धतावाद भन्दा सापेक्षतावादमा विश्वास राख्दै निर्वाचनको महाअभियानमा पार्टीको इतिहासलाई मनन गरेर सक्रियताका साथ माओवादीलाई पहिलो दल बनाउन उनले आग्रह पनि गरेकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>