राजनीति

सिट बाँडफाँटमा सन्तोषजनक अवस्था नदेखिएपछि गठबन्धनबाट बाहिरिने जसपाको तयारी

Banner

काठमाडौँ, असोज १५-

सिटको बाँडफाँटमा सन्तोषजनक अवस्था नदेखिएको बताउदैँ जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ ।

आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकलेपछि पार्टीका प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गर्दै गठबन्धनमा सिटको बाँडफाँट सम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएको बताए । उनका अनुसार यदि कुनै दलसँग तालमेल हुन नसके जसपा नेपाल एक्लै पनि चुनावमा जाने निर्णय भएको छ ।

‘त्यस्तै छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा गठबन्धनको विकल्पमा अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको छ’ जारी प्रेस नोटमा भनिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>