कर्पोरेट

चितवनको सिएमटी रिसोर्टले ल्यायो मेम्बरसिप अफर, १० हजार तिर्दा लाखौंको सुविधा

Banner

चितवन, असोज १५–

चितवनको भरतपुरस्थित चितवन मिडटाउन (सिएमटी) रिसोर्टले जिल्लामै पहिलोपटक मेम्बरसिप (सदस्यता) अफर सार्वजनिक गरेको छ ।

आज (शनिबार)देखि लागू हुने गरि तीन १०० दिनका लागि मेम्बरसिप अफर खुला गरेको हो । चितवनसंगै वरपर रहेका ३०० जनाका लागि रिसोर्टले मेम्बरसिप खुला गरेको रिसोर्टका महाप्रवन्धक बोदराज लम्सालले जानकारी दिए । ‘आजदेखि ३०० दिनभित्रमा मेम्बरसिप लिन सकिने छ, मेम्बरसिप बापत धेरै सेवा सुविधा दिनेछौं’–लम्सालले जानकारी दिए ।

मेम्बरसिप कार्ड दिएर रिसोर्टले ३०० जनालाई सदस्यता बनाएपछि उनीहरुलाई एकवर्ष अवधिका लागि विभिन्न सेवा सुविधा दिनेछ । मेम्बरसिप लिनका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ । यसबापत सदस्यता लिनेले ५८ हजार ८०० रुपैयाँ बराबरको नगद सहुलियत पाउने छन् भने वर्षभरमा कुल डेढ लाख रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।

सदस्यता लिने व्यक्ति वा संघसंस्थाले एक वर्षभित्रमा २ वटा कोठा र २ वटा ब्रेकफास्ट पूर्णरुपमा निःशुल्क पाउने छन् । ४ वटा मकटेल, २ जनालाई १४ दिनसम्म स्वीमिङ पुलमा सुविधा, ४ वटा ब्रेकफास्ट गरि २८ हजार रुपैयाँ बराबरको पूर्णरुपमा छुट पाउने छन् । यस्तै अन्य सेवा लिँदा क्यास भौचर कार्डको आधारमा छुट पाउने छन् । यी सबै गर्दा ५८ हजार ८०० रपैयाँको नगद छुट पाउने छन् ।

त्यस्तै एक वर्ष भित्रमै कोठा र लन्चमा २० प्रतिशत, डिनर, टेकअवे, किट्टी, जन्मदिन उत्सवमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् भने ब्याङक्वेटमा ५ प्रतिशत छुट पाउने छन् । नेपालीहरुको महान् चाड बडा दशैंको अवसरमा संभवत नेपालमै पहिलोपटक यस किसिमको मेम्बरसिप अफर ल्याएको महाप्रवन्धक लम्सालले बताए ।
चितवनमा पछिल्लो समय ठूला–ठूला रिसोर्टहरु खुल्ने क्रममा छन् । प्रतिस्पर्धा बढ्दै जाँदा ग्राहकको सेवाका लागि रिसोर्टहरुले नयाँ–नयाँ अफर ल्याउन लागेका हुन् । यस अफरले धेरैलाई रिसोर्टसंग जोड्ने माध्यम बन्ने रिसोर्टका प्रवन्ध निर्देशक मदन घिमिरे बताउँछन् । ‘रिसोर्टमा धेरैको पहुँच बढ्दो छ, तर ग्राहकलाई कसरी सधै रिसोर्टसंगै सहकार्य गर्दै अघि बढाउन सकिन्छ भनेर यो अफर ल्याएका हौं’–घिमिरेले बताए ।

वि.सं.२०७८ पुसबाट हाकिमचोकमा २२ कठ्ठा क्षेत्रफलमा सिएमटी रिसोर्ट संचालनमा आएको हो । चितवनका उद्योगी व्यवसायीहरुको लगानीमा संचालित यस रिसोर्टमा ४२ वटा कोठाहरु रहेका छन् । २ वटा बिजनेस कोठा छन् । यस्तै कन्फ्रेन्स रुपमहरु पनि यस रिसोर्टमा उपलब्ध छ । २ हजार जना क्षमताको ठूलो हल र एकैपटक पाँच वटा इभेन्टहरु आयोजना गर्न सकिने अन्य हलहरु पनि छन् । १०० जना क्षमताको रेष्टुरेन्ट र ५ सय क्षमताको पुलपार्टी गर्न सकिन्छ ।

यस रिसोर्टमा पार्किङको समस्यलाई ध्यानमा राख्दै एकैप्टक २०० वटा कार पार्किङ गर्न सकिने व्यवस्था मिलाईएको छ । यस रिसोट संचालनमा कुल ३० करोड खर्च भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>