Breaking News
नेपाल आउछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्न नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्ने छुः लामिछाने
०

काठमाडौँ, असोज १५-
क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन् । लामिछानेले आज बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका हुन् ।
एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने बताएका छन् ।
‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























