कर्पोरेट

नेपाल लाइफको कलसेन्टर दशैंको विदामा पनि संचालनमा रहने

०
Banner

काठमाडौँ, असोज १४–

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कलसेन्टर सुविधा सुचारु राख्ने भएको छ ।

यस इन्स्योरेन्सले आफ्नो कलसेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिनबाहेक) बिहान १० बजे देखि बेलुका ५ बजेसम्म संचालन गर्नेछ । ग्राहकहरुले इन्स्योरेन्सको कलसेन्टरमा फोन, इमेल, ह्वाट्सएप, भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन् ।

यसबाट ग्राहकहरु लाभन्वितहुने विश्वास इन्स्योरेन्सले लिएको छ । देशैभरि फैलिएर रहेका नेपाललाइफइन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदानगर्दै आइरहेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>