Breaking News
आज राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता सभा हुँदै
०

काठमाडौं, असोज १२-
राप्रपा र रवीन्द्र मिश्र समूहबीच आज पार्टी एकता घोषणा सभा हुने भएको छ। विवेकशील साझा पार्टी छाडेका मिश्र र उनीनिकट विवेकशील साझामा रहेका केही नेताहरू बुधबार राप्रपामा प्रवेश गर्न लागेका छन्।
आज मध्यान्ह १२,३० बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राप्रपा-मिश्र पक्षबीच एकता घोषणा सभा हुनेछ। राप्रपाका एक पदाधिकारीले दिएको जानकारीअनुसार मिश्रसहित विवेकशील साझा पार्टीका केही केन्द्रीय सदस्यहरू पनि राप्रपामा आउनेछन्।
मिश्र विवेकशील साझाको अध्यक्ष हुँदा ल्याएको विचारभन्दा माथि देश सिद्धान्तमा सहमति जनाएका अधिकांश केन्द्रीय सदस्यहरू मिश्रसँगै राप्रपामा जाने तयारी रहेको स्रोत बताउँछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























