बजार

लमजुङमा चाडपर्व लक्षित बजार अनुगमन, दर्ताविनाका चार पसल बन्द

Banner

लमजुङ, असोज ११ –

दसैँसहितका चाडबाड लागेसँगै लमजुङका विभिन्न बजारमा प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनकै क्रममा मंगलबार दोर्दी गाउँपालिकामा दर्ताविना सञ्चालनमा रहेका चार वटा पसल बन्द गरिएको छ । विनादर्ता सञ्चालनमा रहेको फेला परेपछि पसलहरू बन्द गरिएको हो ।

दोर्दी गाउँपालिका-४ नौथरशेरा बजारमा १८ वटा पसल अनुगमन गर्दा दर्ता नगरी सञ्चालन भएका पसल बन्द गरिएको हो । अनुगमन गरिएकामध्ये चार वटा पसल दर्ताविना सञ्चालनमा रहेको पाइएकाले दर्ता गरेर मात्र पसल सञ्चालन गर्न निर्देशन गरिएको छ । ती पसललाई तत्कालका लागि पसल बन्द गराइएको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ ।

अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेको सामग्री भेटिएको छ । म्याद गुज्रिएको सामग्री जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताइन । केही खाद्यान्न पसलमा मूल्यसूची नराखिएको, साइनबोर्ड नराखिएको, किराना पसलमा मदिरा तथा सुर्तीजन्य पदार्थ इजाजतपत्र नलिई बेचबिखन गरेको पाइएको छ । नौथरशेरामा सञ्चालनमा रहेको शिव किराना पसलले विनाइजाजत सुर्तीजन्य पदार्थ बेचबिखन गरेको पाइएकाले ठूलो मात्रामा सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ ।

इजाजतपत्र लिएर मात्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न अनुगमन टोलीले निर्देशन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>