चितवन विशेष

‘जहाँ औषधी त्यहाँ फर्मासिस्ट’ नारा कार्यान्वयन गर्न फर्मासिस्टको आग्रह

०
Banner

चितवन, असोज १०–
नेपाल फार्मेसी संघ चितवनका महासचिव ओमकार सापकोटाले ‘जहाँ औषधी त्यहाँ फर्मासिस्ट’ भन्ने नारा चाँडै कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजित प्रभातफेरि कार्यक्रमको समापन गर्दै सापकोटाले स्थानीय तहमा फर्मासिस्टको दरबन्दी पनि चाँडै कायम हुने दाबी गरे । ‘विश्व स्वास्थ्यका लागि फार्मेसी एकता’ भन्ने नाराका साथ संघले विश्व फर्मासिस्ट दिवस मनाएको हो ।

दिवसको अवसरमा गैरराजनीतिक पेशागत संस्था नेपाल फार्मेसी संघले सप्ताहव्यापी कार्यक्रम अत्यन्तै सभ्य र भव्य रुपमा सम्पन्न गरेको उनले बताए । दिवसको अवसरमा असोज १ गतेदेखि जिल्लाभरिका जनप्रतिनिधी र स्वास्थ्यकर्मी बीच अन्र्तक्रिया, रक्तदान, विद्यार्थी तालिम, स्वागत एवंम सम्मान, पुण्यदान, प्रभात फेरि कार्यक्रम गरिएको उनले बताए ।

‘जहाँ औषधी त्यहाँ फर्मासिस्ट’ भन्ने नारा स्थलगत कार्यान्वयन भएमा नेपालले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने फर्मासिस्टहरुले बताएका छन् । देशका हरेक स्थानीय तहमा फार्मासिस्टको दरबन्दी कायम गनुपर्ने उनीहरुको माग छ ।

औषधी ऐन, २०३५ का अनुसार औषधीको उत्पादन, विक्री–वितरण, सञ्चय, भण्डारण, निकासी पैठारी हुने ठाउँमा फार्मासिस्ट अनिवार्य हुनुपर्ने व्यवस्था भएकाले त्यसको कार्यान्वयन गर्न नेपाल फार्मेसी संघ चितवन शाखाले आग्रह गरेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>