चितवन विशेष

चितवनमा सिटिजन लाइफको ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स,’ उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

Banner

चितवन,असोज ९-

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस स्ट्राटिजी कन्फेरेन्सको पाचौँ संस्करण यही असोज ३, ४ र ५ गते सौरहाको होटल चितवन प्याराडाइजमा सम्पन्न गरेको छ। कम्पनीलाई हरेक ढङ्गबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दार र मिहिनेतका साथ खटिएका कर्मचारीहरुलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो। यस कार्यक्रममा ११४ जना कर्मचारीको सहभागिता रहेको थियो।

कार्यक्रममा गत आर्थिक वर्षको कारोबार समिक्षा गर्दै नयाँ आर्थिक वर्षको रणनीतिबारे छलफल गरियो साथै आर्थिक वर्ष २०७८/०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाई विभिन्न ३१ विधामा सम्मान गरियो।

यस सँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधि मुखी बनाउँदै लैजाने उद्धेश्यका साथ कम्पनीको व्यवस्थापन टिम र शाखाका कर्मचारीहरु बिच कम्पनीको प्रशासन सम्बन्धित रहेका विविध विषयहरुमा छलफल गरियो र प्रशासन सम्बन्धित सबै कार्यहरु अझै छिटो र सजिलो तरिकाले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा छलफल भयो।

कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारीे दिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>