चितवन विशेष
भरतपुरमा भएको निःशुल्क आँखा शिविरमा १५५ जनाको आँखा परीक्षण

चितवन, असोज ८-
भरतपुर महानगरपालिका–१५ मा निःशुल्क आँखा शिविर गरिएको छ ।
लायन्स क्लब अफ चितवन चौतारी र जानकी नमुना टोल विकास संस्थाको सयुक्त आयोजनामा आज सो आँखा शिविर गरिएको हो ।
शिविरमा मुुत्युपर्यन्त आँखाको नानीदान कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा भरतपुुर महानगरपालिका–१५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटाले मुुत्युपछि आफूले आँखा दान गर्ने घोषणा गरेका थिए । अध्यक्षको घोषणा पछाडि टोल सुुधार समितिका २५ जना सदस्यहरुले पनि आँखाको नानी दान गर्ने घोषणा गरेका छन् । लायन्स क्लब अफ चितवन चौतारीका २७ जना सदस्यहरुले यस अगाडिनै मुुत्युपर्यन्त आँखाको नानीदान घोषणा गरिसकेका छन् ।
निःशुुल्क आँखा शिविर कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरका द्वितीय उपाध्यक्ष लायन दिनानाथ न्यौपानेले आँखाको महत्वमाथि प्रकाश पार्दै जिवित हुने बेला सम्म आँखाको सुुरक्षामा विशेष ध्यान दिन र निधनपछि डटेर खरानी हुने आँखाको नानी दान गर्न उपस्थित सबैलाई आग्रह गरेका थिए ।
भरतपुुर महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटाले आँखाको नानीदान दान मात्र नभएर महादान समेत रहेको बताए । उनले यो कार्यक्रमलाई सफल बनाउन नै आफूूले नानी दानको घोषणा गरेको बताउँदै सो कार्यक्रम सफल बनाउने उनले सबै किसिमको सहयोग गर्ने बताएका थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालका चिकित्सक डा. प्राची दुलालले एक जना मानिसको नानीबाट चार जना मानिसले दृष्टि पाउने भएकोले आँखाको नानीदान कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाउन सकेमा धेरैको दृष्टि फर्काउन सकिने बताइन् । कार्यक्रममा उनले आँखाबाट चिकित्सकले कसरी आँखाको नानी निकाल्छन् र प्रत्यारोपण गर्छन् भन्ने कुरा बताएकी थिइन् ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरका सचिव राजेन्द्र गौतम, कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठलगायत टोल सुुधार समितिका सदस्यहरु एवम् समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १५५ जनाको आँखा परीक्षण गरिएको थियो । जानकी नमुना टोल विकास संस्थाका सचिब गोपाल कँडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लालप्रसाद पौडेलले गरेका थिए ।

























