Breaking News

छिट्टै किसान परिचयपत्र जारी हुन्छः कानुन मन्त्री खनाल

Banner

चितवन, असोज ८–

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले छिट्टै किसान परिचयपत्र जारी हुने बताएका छन् ।

भरतपुरमा नेपाल मौरीपालक महासंघका पदाधिकारीको सपथ तथा पद हस्तान्तरण कार्यक्रममा आज (शनिबार) उनले यस्तो आश्वासन दिएका हुन् ।

यो नीति आएसँगै कागज मिलाएर खानेहरुको अन्त्य हुने मन्त्री खनालको विश्वास छ । उनले भने,‘अनुदान मिलाएर खाने जुन प्रवृत्ति छ । तपाइँ हाम्रो हैसियतले त्यो ठाउँमा पुग्नै सक्दैनौं । किसान परिचयपत्र छिट्टै जारी हुँदै छ । परिचयपत्रले यसको अन्त्य गर्छ ।’ खनालले किसान वर्गीकरणको ऐन पास भएको समेत जानकारी दिए ।

साथै मन्त्री खनालले अनुदानले मान्छेलाई बिगारेको प्रति गुनासो गरे । उनले भने, ‘अनुदानले धेरै मान्छेलाई बिगारेको मेरो आँखाले देख्छु । केही काम गरु, अनुदान लिइहालँु, खाइहालँु , त्यसपछि सरकारलाई नतिरु ।’ उनले अनुदान दिएको पैसा राज्यको संयन्त्रलाई नै फिर्ता गराउने काममा सरकार लागेको बताए । साथै यसपटक बिना ब्याज सरकारले अनुदान दिन लागेको जानकारी दिए । उक्त रकम राम्रो ठाउँमा लगानी गरी मुनाफा कमाइ पुन फिर्ता गर्न उनले अनुरोध गरे ।

यस्तै महमा अनुदान दिने नीति सरकारको रहेको उनले बताए । धेरै भन्दा धेरै अनुदान भित्र्याउन उत्पादनतर्फ लाग्नमौरी पालक किसानलाई आग्रह गरे । भारतीय अवैध माछा आयतको प्रसंगमा बोल्दै खनालले बाहिरी माछामा ५६ प्रतिशत राजस्व लगाउने निर्णय भएसँगै चोर मार्ग हुदै माछा भित्रने सिलसिला बढेको बताए । केरा, माछा, महलगातका वस्तुमा देखिएको अवैध आयातलाई रोक्न राज्य लाग्ने उनको विचार छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>