चितवन विशेष

चितवनमा ‘अल न्यू महिन्द्रा पावरोल १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक

Banner

चितवन, असोज ८–

चितवनको बजारमा ‘अल न्यू महिन्द्रा पावरोल १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक गरिएको छ ।

शुक्रबार भरतपुरमा एक कार्यक्रमकाबीच अग्नि समूहको सहायक कम्पनी अग्नि मोटोइन्क प्रा.लि.ले ‘अल न्यू महिन्द्रा पावरोल १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक गरेको हो । अग्नि मोटोइन्क प्रा.लि.का जेनरल म्यानेजर शरद मिश्र, सर्भिसहेड कविन्द्र महजर्न र महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड भारतबाट आएका प्रतिनिधि विजय दत्तले ‘अल न्यू महिन्द्रा पावरोल १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक गरेका हुन् ।

नयाँ ४ सिलिण्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कम तौल र सुन्दर डिजाइनका साथ आएको कम्पनीले जनाएको छ । १२५ केभीए ४ सिलिण्डर डिजेल जेनसेट नेपालभर रहेका आफ्ना सबै डिलर नेटवर्कबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

हाल महिन्द्रा पावोरलले नेपालमा ५ केभीएदेखि ६२५ केभीएसम्मका डिजेल जेनेरेटर विक्री गरिरहेको छ । यो नयाँ जेनसेट सार्वजनिक गरेसंगै उपभोक्ताहरुका लागि उत्कृष्ट इन्धन दक्षता, कम लागत, र उत्कृष्ट प्रदर्शन दिने कम्पनीको दावी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>