काठमाडौँ

जनताको सेवा गरेर चुनाव लड्छु, नेताको ढोका चहारेर होइनः कुलराज थापा

Banner

काठमाडौं, असोज ७–

आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दलहरु उम्मेदवार छनोटमा ब्यस्त छन्। राजनीतिक दलका प्रमुख नेताहरुको घरमा आकांक्षीहरु लाइन बिहानैदेखि लाग्न थालेको छ।

यस्तोमा एक फरक पात्र देखिएका छन्–नेताको घरमा लाइन होइन जनताको विश्वासका साथ अगाडि बढेका छन्। बाग्मती प्रदेशसभाका लागि नेपाली कांग्रेसले दोलखा जिल्लाको प्रदेशसभा ख बाट कुलराज थापा। भन्छन्–‘राजनीति व्यवसाय होइन समाजसेवा हो। समाजसेवा गर्नका लागि नेताको दैलो चहार्नु पर्दैन जनताको बीचमा बसे हुन्छ।’

दोलखा जिल्लाको राजनीतिमा चिनिएको नाम हो भीमबहादुर तामाङ। सादगी राजनीतिक चरित्रका कारण चिनिएका उनै भीमबहादुरको लिगेसी बोक्दै कुलराज पनि चुनावी प्रतिस्पर्धामा छन्। तर, नेतासँग गुहार गरेर होइन पार्टीका कार्यकर्ताको आग्रहले।

‘मेरो चहाना भन्दा पनि पार्टीका युवा कार्यकर्ताको चाहनाले म यो प्रतिस्पर्धाको लाइनमा हो,’ उनी भन्छन्, ‘मलाई पार्टी कमिटीले सिफारिस गर्योप। कार्यकर्ता साथीभाइहरुले आग्रह गर्नुभयो। अझै मसँगै सिफारिसमा पर्नु भएका अग्रज साथीहरुले पनि आग्रह गर्नुभयो।’

यस क्षेत्रबाट उनीसँगै केशबराज चौलागाईँ, राकेश श्रेष्ठ, सन्तोष पाण्डे, छिरिङ डोल्मा शेर्पा पनि सिफारिसमा परेका छन्। चौलागाईँ यसअघिको प्रदेशसभाका उम्मेदवार पनि हुन्। तर उनी पराजित भएका थिए।
‘केशब दाइ आफै पनि आकांक्षी हुनुहुन्छ। उहाँले पनि तपाईँ पनि बस्नुपर्छ। तपाईँ जत्तिको युवा चाहिन्छ भनेर तानेर लानुभयो,’ उनी भन्छन्।
दोलखा कांग्रेसमा उनी चिनिएका नाम हुन्। २०४९ सालमै नेविसंघको जिल्ला सदस्य भएका उनी दोलखाको गौरिशंकर बहुमुखी क्याम्पसमा २०५१ सालमा स्ववियु उपसभापति निर्वाचित भएर काम गरे। कम्युनिस्टहरुको जगजगी भएका बेला नेविसंघलाई स्थापित गर्न उनले भूमिका खेले।
उनी नेवि संघको जिल्ला सचिव हुँदै पार्टीको जिल्ला कार्यसमितिको कोषाध्यक्षसमेत भएका छन्। २०६२ साल देखि २०७२ सालमा सम्म दुई कार्यकाल पार्टीको जिल्ला कोषाध्यक्ष भएका उनी हाल नेपाली कांग्रेसको सुभेच्छुक संगठन नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यसमेत छन्।
लायन्स क्लवसहितका विभिन्न संघ संस्थामा रहेका उनी राजनीतिलाई समाजसेवा बनाउनुपर्ने पक्षमा छन्। ‘अहिले चुनाव महंगो भएको छ। यसरी खर्च गरेर चुनाव लड्दा जितेपछि उसले जनताको काम भन्दा पनि आफ्नो चुनाव खर्च उठाउन लाग्छ,’ उनी भन्छन्, ‘मैले राजनीति भीमबहादुर दाइबाट सिकेको हुँ। उहाँको सादगी र सिद्धान्तलाई अंगालेर अगाडि बढेको छु। चुनाव जिते भने पनि जनताकै बीचमा रहनेछु। हारे पनि जनताकै काममा रहनेछु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>