चितवन विशेष

नारायणगढमा घरबेटीले व्यवसायी तर्साउन थालेको भन्दै घरबहाल उपभोक्ता मञ्चको विरोध

Banner

चितवन, असोज ६-

नारायणगढमा व्यवसायीहरुलाई घरधनीले सलामी माग्दै हतोत्साही गरिएको भन्दै नेपाल घरबहाल उपभोक्ता मञ्चले विरोध गरेको छ ।

मञ्चले आज एक विज्ञप्ति जारी गर्दै नारायणगढको शहिदचोकमा व्यवसाय गर्दै आएका सुनिलकुमार श्रेष्ठलाई उनको घरधनी कैलाश श्रेष्ठ र बद्रीलाल श्रेष्ठले सलामी बापत ठूलो रकम मागेको भन्दै मञ्चले विरोध गरेको हो । विज्ञप्तिमा ती घरधनीले मेरो घर मलाई नै चाहियो भन्दै तुरुन्त खाली गराउन सात दिने समयसीमा तोकेको प्रति मञ्चको ध्यानाकर्षण भएको जनाइएको छ ।

मञ्चले विज्ञप्तिमा मानव अधिकारसँग जोडिएको आमनागरिकको सुरक्षित व्यवसाय र बसोबासको सुनिश्चिताको अधिकारको प्रवाह नगरी बिजुली बत्ती काटी व्यवसायमा बाधा पु¥याउने घरधनीलाई काम निन्दनीय रहेको उल्लेख गरिएको छ । शान्ति, सुशासन र भयरहित वातावरणमा आफ्नो लगानीसहितको व्यवसाय सञ्चालन गर्न पाउने अधिकारलाई कुण्ठित गराई कुनै पनि दबाबमूलक क्रियाकलापहरु भएको खण्डमा थप संघर्षमा उत्रन बाध्य हुने मञ्चले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘व्यवसाय स्थल प्राप्तिकै लागि धरौटी र सलामी बापत मोटो रकम दिने र सञ्चालनमा रहेको व्यवसायलाई आफू र आफ्नो व्यवसाय स्थापित गर्न खोज्नु गैरकानुनी क्रियाकलाप रहेको हुदा यस्ता कार्यहरुमा संलग्न नहुन आम व्यवसायी तथा सदस्यहरुलाई विज्ञप्तिमार्फत् अनुरोध गर्दछौं ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>