चितवन विशेष

कृषि विज्ञ डा.कृष्णप्रसाद पौडेलले चितवन क्षेत्र–२ बाट उम्मेदवार दिने

Banner

चितवन, असोज ६-

‘खानाका लागि खेतिपाती’ अभियानका अभियन्ता डा.कृष्णप्रसाद पौडेलले चितवन क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार दिएका छन् । पौडेलको नाम एमालेबाट सिफारिस भएर केन्द्रमा गएको हो । कृषि विज्ञको रुपमा परिचित पौडेलले कृषिलाई नै मुख्य मुद्दा बनाएर उम्मेदवार दिएका हुन् ।

कृत्रिम रसायन र घातक विषको अन्धाधुन्ध प्रयोगले माटो र मानव स्वास्थ्य सबैभन्दा बढी संकटमा परेको बताउँदै उनले यो प्रवृत्तिलाई नफेरेसम्म प्रकृति थप विनाश हुने भएकाले त्यसलाई नीतिगत सुधारका लागि आफूले उम्मेदवारी दिन लागेको बताए ।

देशको आर्थिक मेरुदण्डको रुपमा रहेको कृषिलाई राजनीतिक दलहरुले संसदमा प्राथमिकताका साथ नउठाएको कारण आफूले सो कृषि विकासका लागि संसदमा जान चाहेको उनले बताए । खाना र खेतीपातीको सवाल सम्बोधन नगरी समाजवादको परिकल्पना गर्न नसकिने बताउँदै उनले वर्तमान अवस्थालाई फेर्न राजनैतिक पुनर्जागरण र प्रकृतिको पुनरुत्थानको आवश्यकता रहेको बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>