कर्पोरेट

पानी शुद्धिकरणका लागि केन्ट आरओको ल्यायो दसैँ तिहार ग्राहक योजना

Banner

काठमाडौं, असोज ६-

ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्सअन्र्तगतको संस्थाले यसपालीको दसैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दसैँ र तिहारलाई लक्षित गर्दै ‘केन्ट आरओ. दसैँ तिहार, हरेक खरिदमा उपहार’ भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा सिजी ब्रान्डको इलेक्ट्रिक किट्ली उपहार स्वरूप प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ । यो ग्राहक योजना गत भदौं १३ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सफा पिउने पानीे आजको आवश्यकता बनेको भन्दै प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँने कम्पनीले जनाएको छ । पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ । साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत् आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्छ । पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्वपूर्ण छ । यसैले, आरओबाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित रहेको कम्पनीले जनाएको छ । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>