देश/प्रदेश
किन गर्यो विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णय ?

काठमाडौँ, असोज ६-
आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनाव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिने/ नलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो ।
गत वैशाख ३० गतेको स्थानीय चुनावमा भने उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको थियो । उक्त चुनावमा राम्रो नतिजा नआएपछि प्रदेश र संघको चुनाव बहिस्कार गरेको सो पार्टीले जानकारी दिएको छ ।
त्यस्तै सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने केन्द्रीय सदस्य असल क्षेत्रीले बताए । ‘हामी चुनावलाई उपयोग गर्नुपर्छ भन्नेमा थियौ । सरकारले कहिले पक्राउ पुर्जी जारी गरेर धम्क्याउँछ । कहिले बन्दी रिहा र मुद्दा फिर्ता नगरेर सताउँछ’ क्षेत्रीले भने, ‘अब हामी चुनावमा भाग लिन्नौ । बाहिर गर्ने निर्णयमा पुग्यौ ।’


























