Breaking News

भारतबाट नेपाल आएको केही दिनमै श्रीमानले गरे श्रीमतीको हत्या, छोरी घाइते

Banner

धनगढी, असोज ६-

कैलालीमा एक महिलाको शव भेटिएको छ । गौरीगंगा नगरपालिका-५ मा बसोवास गर्ने अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको बिहीबार बिहान शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रविन्द्र पाण्डेका अनुसार ललिताको शव हत्या गरेको अवस्थामा भेटिएको थियो । त्यसतै उनको १७ वर्षीय छोरीमाथि पनि धारिलो हतियार प्रहार भएको डीएसपी पाण्डेले बताए । उनको घाँटीमा चोट लागेको हुनाले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

डीएसपी पाण्डेले दिएको जानकारी अनुसार रोजगारीका सिलसिलामा भारतमा रहेका ललिताको श्रीमान शेरबहादुर नामजाली मगरले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यस्तै शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए र उनको खोजी भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>