देश/प्रदेश
उपत्यकामा ३ हजार ७० जना सवारी चालकमाथि कारवाही
०

काठमाडौं, असोज ६
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ७० जना सवारी चालकलाई कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३० जना, लेन अनुशासन पालना नगर्ने ९३ जना, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ र नम्बर प्लेज राम्रोसँग नराख्ने ५० जना रहेका छन् ।
यस्तै २ हजार ६०२ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























