चितवन विशेष
भरतपुरको सिजी ल्याण्डमार्कमा शनिबार सांगितिक उत्सव हुने, चर्चित कलाकारले प्रस्तुति दिने

भरतपुर, असोज ५-
भरतपुरमा रहेको सिजी ल्यान्डमार्कमा रहेको होटल चितवनमा असोज ८ गते शनिबार भव्य सांगीतिक कार्यक्रम हुने भएको छ ।
दसैं, तिहार, छठ जस्ता नेपालीका प्रमुख पर्व आगमनको अवसर पारेर म्युजिक एसोसिएसन अफ नेपालले सांगीतिक कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेपाली संगीत जगतका प्रतिष्ठित व्यक्तित्वहरु शम्भुजित बाँसकोटा, आनन्द कार्कीलगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
फेस्टिभ मुड नाम दिइएको सांगीतिक कार्यक्रममा नयाँ पुस्ताका चर्चित गायक, गायिकाको पनि प्रस्तुति रहने बताइएको छ । कार्यक्रममा मिलन नेवार, टिका प्रसाई, विश्व नेपाली, सुरेश लामा, मञ्जु थापा, राजा राजेन्द्र पोखरेल र मेलिना मैनालीलाई पनि प्रत्यक्ष सुन्न पाइनेछ ।
उक्त सांगीतिक कार्यक्रममा नेपाल टेलिकम, एनआईसी एसिया बैँक, मदिरा ब्रान्ड रोयल स्ट्याग ह्विस्की, नेपाल वायुसेवा निगमलगायतको सहयोग छ ।

























