राजनीति
राष्ट्रपति पदमा बसिरहन योग्य हुनु हुन्नः झलनाथ खनाल
०

काठमाडौं,असोज ५-
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी पदमा बस्नका लागि अयोग्य भएको बताएका छन् । संविधानअनुसार सपथ खाएको राष्ट्रपति संविधानको संरक्षक र पालक भएको भन्दै उनैबाट संविधान उलंघन भएपछि अब पदमा बसिरहनु उचित नहुने खनालको तर्क छ ।
“हाम्रो संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक र पालक भनेको छ । यो संविधानको रक्षा गर्ने दायित्व उहाँको थियो,” खनालले भने, “तर, उहाँ आफैँले यो संविधान उल्लंघन गर्न थाल्नुभयो । सरकार र संसद्सँग प्रतिशोध साँध्न थाल्नुभयो । अब उहाँ पदमा बसिरहन योग्य हुनु हुन्न ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























