Uncategorized

पोखरामा मासु पसल अनुगमन गर्दा किन परे २५ व्यवसायी कारवाहीमा ?

Banner

पाखरा, असोज ५-

पोखरामा आज २५ जना मासु व्यवसायी कारवाहीमा परेका छन् । पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसल अनुगमन गर्दा व्यवसायी कारवाहीमा परेका हुन् । अनुगमन टोलीले पोखराको रामबजार ,जिरो किमि, बगर, ट्याक्सीचोक, अमरसिंह क्षेत्रमा अनुगमन गरेको हो ।

अनुगमनमा पसल दर्ता नभएको, मुल्यसूची नभएको, मासु बध गर्ने स्थलमा सरसफाइ नभएको देखिएको छ । यस्तै एक पसलबाट ७ केजी बाख्रीको मासु नियन्त्रणमा लिएको छ ।

त्यस्तै पोखरा महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीका अनुसार खुला रुपमा मासु राखेर बिक्री वितरण गर्ने गरेको, मूल्यसूची नटाँसेको र सरसफाइमा लापरबाही गरेको देखिएकाले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बोलाएर कारबाही गरेको छ । र उनीहरुलाई ५ हजारको दरले जरिबाना सहित गल्ती नदोहोर्‍याउने सर्तमा छोडिएको छ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>