चितवन विशेष
चितवन सहित विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु
०

चितवन, असोज ५-
चितवन सहित देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। चितवनको राप्ती नगरपालिका–९ सितलटोल बस्ने ७५ वर्षीय राम बहादुर सार्कीको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो।
त्यस्तै बर्दियाको मधुवन नगरपालिका–५ बस्ने ४२ वर्षीय हर्क बहादुर नेपाली र झापाको अर्जुनधारा नगरपालिका–१० कालीझोडा बस्ने २७ वर्षीय ईन्द्र चेम्जुङको मृत्यु भएको छ । करेन्ट लागेर घाइते भएका सबैको मंगलबार मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























