देश/प्रदेश
कैलालीमा दुई जना मृत फेला, घटना शंकास्पद
०

कैलाली, असोज ५-
कैलालीमा दुई जना मृत फेला परेका छन् । कैलालीको विभिन्न दुई ठाउँमा मृत भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डीएसपी) वेदप्रकाश जोशीका अनुसार गोदावरी नगरपालिका–१२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएको हुन् । बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएका थिए र घटना शंकास्पद रहेको जोशीले जानकारी दिए ।
त्यस्तै धनगढी उपमहानगरपालिका–१ को कैलाली कारागार पछाडि कञ्चनपुरको कृष्णनगरपालिका ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत भेटिएका हुन् । जोशीकाअनुसार छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























