देश/प्रदेश
मापदण्ड विपरीत बनेका संरचना ३५ दिनभित्र नहटाए ललितपुर महानगरपालिकाले आफै हटाउने
०

काठमाडौँ, असोज ५-
मापदण्ड विपरीत बनेका संरचना हटाउन तथा आवश्यक सुधार गर्न ललितपुर महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको छ । महानगरपालिकाले नक्सा, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरु हटाउन सूचना जारी गरेको हो ।
त्यस्तै सूचना निकालेर सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढीलगायतका संरचना तथा नक्सा स्विकृत गर्दा पार्किङ्ग खुलाई स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु तथा सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण प्रयोजनमा प्रयोग भएका संरचना हटाउन माग गरेको छ ।
तर अबको ३५ दिनभित्र सूचना अनुसार संरचना नहटाए महानगर आफैले हटाउने चेतावनी समेत नागरीकलाई दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























