देश/प्रदेश
राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भयो: पौडेल
०
काठमाडौँ, असोज ५-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको आरोप लगाउनुभएको । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नेता पौडेलले यस्तो आरोप लगाउनुभएको हो ।
सामाजिक सञ्जाल ट्विटरमा नेता पौडेलले जन निर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको टिप्पणी गर्नुभएको छ । उहाँले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिकै प्रहार भएको उल्लेख गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























