देश/प्रदेश

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपतिको पुत्ला जलाए

Banner

काठमाडौं,असोज ५-

डा.सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन् । बुधबार सिरहामा पुतला जलाइएको हो ।
नागरिकता विधेयक प्रमाणीकरण नगरिएको भन्दै विरोध प्रदर्शन र पुतला दहन गरिएको राउतको फेसबुकमार्फत जनाइएको छ ।

“नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको असंवैधानिक कदमको विरोधमा जनमत पार्टीद्वारा विरोध प्रदर्शन तथा राष्ट्रपतिको पुतला दहन,” फेसबुकमा लेखिएको छ, “एमाले, कांग्रेस नसच्चिए मधेस प्रवेशमा रोक लगाइने छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>