राजनीति

सत्तारुढ गठबन्धनको बैठक बस्दै

Banner

काठमाडौं, असोज ५–
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्न अस्विकार गरेपछि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हो । सभामुखले २० भदौमा पठाएका थिए । तर मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण भएन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>