राजनीति

राष्ट्रपतिबाट राजनीतिक प्रणाली खतरामा पार्ने काम : रामचन्द्र पौडेल

Banner

काठमाडौं, असोज ५–

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम भएको बताएका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले अहिलेको राजनीतिक प्रणाली नै खतरामा पार्ने काम पनि गरेको उनले बताए।

पौडेलले सामाजिक संजाल मार्फत जननिर्वाचित संसदबाट अनुमोदन भएर प्रमाणीकरण गरेर संवैधानिक अधिकार प्रयोग गर्नुको साटो विद्यमान राजनीति प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताएका हुन् ।

बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट हुनु व्यवस्था माथिको प्रहार भएको पौडेलको निष्कर्ष छ । उनले सामाजिक संजालमा लेखेका छन्, ‘जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ । बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्तसना गर्दछु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>