चितवन विशेष

चितवनका समाजसेवी उमाशंकर अग्रवाललाई प्रवल जनसेवा श्री पदक

Banner

चितवन,असोज ४-

चितवनका समाजसेवी उमाशंकर अग्रवालले प्रवल जनसेवा श्री पदक पाउने भएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रवालसहित ३२२ जनालाई प्रवल जनसेवा श्री पदकबाट सम्मान गर्ने घोषणा गर्नुभएको हो ।

अग्रबाल चितवनका विभिन्न संघ संस्थामा आबद्ध रहनुभएको छ । उहाँ बागेश्वरी आध्यात्मिक परिषद, पतञ्जली योग समिति, एम्नेष्टी इन्टरनेशनल, हाम्रो घर लगायतका संघ संस्थामा आबद्ध हुनुहुन्छ । भरतपुर महानगरपालिका वडा नम्वर १ दियालो रोड निवासी अग्रवाल राष्ट्रिय मारवाडी परिषदको बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँ रेडक्रस, मठमन्दिर र विभिन्न शैक्षिकसंस्थामा समेत आबद्ध भएर काम गरिरहनुभएको छ । अग्रवालले चितवनका हरेक सामाजिक काममा अग्रसर भएर सहयोग गर्ने गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>