चितवन विशेष

राप्रपा चितवनका नेता विश्वकर्मा र गुरुङमाथि कारबाही सिफारिस

Banner

चितवन, असोज ४-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चितवन जिल्ला कार्यसमितिले पार्टीका दुई नेतालाई कारबाही सिफारिस गरेको छ ।

कारबाही सिफारिसमा पर्नेमा केन्द्रीय सदस्य सीमा घतान विश्वकर्मा र क्षेत्र नम्बर २ का अध्यक्ष तिलकबहादुर गुरुङ रहेको राप्रपा चितवनले जनाएको हो ।

भदौ १५ गते बसेको राप्रपा जिल्ला कार्यसमिति बैठकमा विश्वकर्माले हुलदंगा गरि पार्टीको मूल्य मान्यता तथा सिद्दान्त बिपरित सिंगो पार्टीलाई आँच आउने कार्य गरेको भन्दै उनलाई हदैसम्मको कारबाहीका लागि केन्द्रमा सिफारिस पठाएको छ । आफूलाई जसरी पनि प्रदेशसभामा समानुपातिकतर्फ एक नम्बरमा सर्वसम्मत नाम सिफारिस गर्नुपर्ने अन्यथा पार्टीलाई नै समाप्त पारिदिने भन्दै विश्वकर्माले धम्की दिएको राप्रपा चितवनको आरोप छ । पार्टीका अनुसार विश्वकर्मा सात महिना अगाडी मात्रै ज्ञानेन्द्र शाहीसँगै राप्रपामा प्रवेश गरेकी हुन् । चितवनमा उनको कुनै जनाधार नभएको र कार्यकर्ता माझमा पनि अपरिचित अनुहार भएको राप्रपा चितवनले जनाएको छ।

विश्वकर्माले भने आफु समानुपातिकमा सिफारिस नभए चितवन – ३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेविरुद्ध उम्मेदवारी दिने सार्वजनिक घोषणा गर्दै हिँडेको र सामाजिक सञ्जालमा पार्टीको सिद्धान्त विपरित पदको ख्याल नराखी जथाभावी विचार व्यक्त गरेका कारण पार्टीको गरिमा माथि आँच आएको राप्रपा चितवनद्वारा भदौ २९ मा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी केन्द्रिय सदस्य विश्वकर्माको पार्टी हित विपरितको कार्यमा क्षेत्र २ का अध्यक्ष तिलक बहादुर गुरुङको प्रत्यक्ष संलग्नता रहेकोले निजलाई पनि कारबाहीका लागि जिल्ला समितिले प्रकृया अगाडि बढाएको जनाइएको छ । विश्वकर्मा र गुरुङले पार्टीका नेताको चरित्र हत्या गर्नुका साथै गाली गलौज समेत गरेकाले कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>