कालिका

चितवनको शक्तिखोरमा नवोदय स्काउटको पदयात्रा

Banner

चितवन , असोज ४–

पूर्वीचितवनको खैरहनी नगरपालिका–१ मा अवस्थित नवोदय विद्यालयद्वारा सञ्चालित नवोदय स्काउट ट्रुपको आयोजनामा ‘पदयात्रा तथा प्रतिभा खोजी कार्यक्रम – २०७९’ भएको छ ।

आठौँ संविधान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम (पदयात्रा) चितवनको कालिका नगरपालिकाको शक्तिखोरमा रहेको सिन्ति झरना क्षेत्रमा गरिएको हो ।
कार्यक्रममा विभिन्न ५ खेल खेलाइएको थियो । जसअन्तर्गत बेलुन ब्लाष्ट केटा तर्फ ‘घोडा समूह’,बेलुन ब्लाष्ट केटीतर्फ ‘ढुकुर समूह’ , मेमोरी टेष्ट तर्फ ‘ढुकुर समूह’ ,टिम ब्विल्ड तर्फ ‘घोडा समूह’ र क्याच द बोटल तर्फ रश्मी चेपाङ विजयी भएका थिए ।

सो कार्यक्रममा नृत्य तर्फ नबिता चेपाङ (एकल) र ढुकुर समूह (सामुहिक ) विजयी भएका थिए । त्यस्तै,गायन तर्फ क्रमशः एनुका चेपाङ, दुर्गा चेपाङ र सन्दिप चेपाङ पहिलो, दोस्रो र तेस्रो भएका थिए भने हाँस्य विधा तर्फ अनिल चेपाङ विजयी भएको कार्यक्रम संयोजक तथा विद्यालयकी स्काउट शिक्षिका सुष्मा दराइले बताइन् ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक फादर माइकल चिरायथ, शिक्षकहरु सिस्टर कार्मेलिटा डिसुजा, कविता देवकोटा, तेजेन्द्र कुँवर, दिपा बस्नेत , पूर्वविद्यार्थीद्वय मुना चेपाङ र आरती चेपाङलगायतको उपस्तिथि रहेको थियो।

कार्यक्रम विद्यालयका शिक्षक अरुण नेपालले सञ्चालन गरेको कार्यक्रममा सिमान्तकृत चेपाङ समुदायका ३२० बालबालिका अध्ययनरत छन् । नवोदय स्कुलकी प्राचार्य सिस्टर एलिस मोन्टेरोको अध्यक्षता रहेको उक्त कार्यक्रममा सिएएलटी सन्तोष बस्ताकोटी प्रमुख अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा स्वागत मनतव्य विद्यालयकी स्काउट शिक्षिका सुष्मा दराइले राखेकी थिइन् ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक फादर माइकल चिरायथले स्काउट विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासको लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्काउट लक्षित कार्यक्रम निरन्तर रुपमा गर्न आफू सदैव तत्पर रहेको समेत बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>