Breaking News

अब पोल्ट्रीका सबै सामान चितवन नवलपुरमै उत्पादन हुने,आठ करोडको लगानीमा खुल्यो कम्पास एग्रो (भिडियोसहित)

Banner

चितवन,असोज ४-

पोल्ट्री उद्योगका लागि चाहिने सबै प्रकारका सामानको उत्पादन अब चितवन र नवलपुरमै हुने भएको छ । पोल्ट्री क्षेत्रमा बढ्दो लगानी र सामग्रीहरुको मागलाई मध्यनजर गर्दै चितवनमा कम्पास एग्रो इन्डष्ट्रिज स्थापना भएको हो ।

कम्पनीले चितवनको शहीदचोकमा मुख्य कार्यालय राखेर आफ्ना उत्पादनहरुलाई बिक्री वितरण गर्दै आइरहेको छ । नवलपुरको दलदलेमा उद्योग रहेको कम्पास एग्रो इन्डष्ट्रिजलाई कृषिसँग सम्बन्धित सामग्री उत्पादन गर्ने उद्देश्यका साथ स्थापना गरिएको हो । कम्पनीले पेल्ट्री फर्ममा चाहिने सम्पूर्ण सामानहरु, थोपा सिँचाइका र अन्य प्लाष्टिकका सामानहरु समेत उत्पादन गरिरहको कम्पनीका प्रमुख कार्याकारी अधिकृत संगम घिमिरेले जानकारी दिनुभयो । ‘पोल्ट्रीसँग सम्बन्धित ९० प्रतिशत सामान हामी यहीँ उत्पादन गर्छाैँ, व्यवसायी र किसानले चाहे अनुसारका सामान उत्पादन गर्ने क्षमता राख्दछौँ’, उहाँले भन्नुभयो ।

के–के सामान उत्पादन हुन्छ ?

कम्पनीले पोल्ट्रीको ड्रिङकर्स, पोल्ट्रीको फिडर्स (केज साना, ठूला र मिडियम) उत्पादन गरिरहेको छ । यस्तै प्यारेन्टस, ब्रोइलर र लेयर्सहरुका लागि अटोमेटिक ड्रिङ्कर्स, निप्पल ड्रिङ्किङ सिस्टम उत्पादन भइरहेको छ । निप्पल ड्रिङकिङ सिस्टम ठूला ह्याचरी, इन हाउस र मध्यम र साना ह्याचरीहरुमा जडान गर्ने गरिएको छ । यो प्रयोग गरेपछि कुखुराले कहिल्यै पनि फोहोर पानी खाँदैनन् । चल्ला पनि छिटो हुर्कन्छन् । कुखुरामा रोग कम लाग्छ ।

परनिर्भरता हट्यो

पहिले पोल्ट्री र ह्याचरी उद्योगसँग सम्बन्धित समूर्ण सामानहरु भारत र चीनबाट आयात हुने गरेका थियो । यहाँ केही प्लाष्टिक कम्पनीहरुले एउटा/एउटा प्रोडक्टको मात्र उत्पादन गर्ने गर्दथे । तर, कम्पास एग्रोले सबै सामान एकै ठाँउमा उत्पादन गर्छ । ‘पोल्ट्रीसँग सम्बन्धित सानादेखि ठुला सबै सामान यहीँ उत्पादन गर्छाैँ । अब भारत र चीनबाट सामान ल्याउनुपर्ने बाध्यता हटेको छ’ घिमिरेले भन्नुभयो । कम्पनीले उत्पादन गरेका सामानहरु देशका विभिन्न सहरहरुमा निर्यात गरिरहेको घिमिरेले बताउनुभयो । कुनैपनि कम्पनीले आफ्नो लोगो र नाम सहित सामान उत्पादन गराउन चाहेमा उद्योगले सोही अनुसारको प्रिन्टसहितको उत्पादन उपलब्ध गराइरहेको उहाँको भनाइ छ ।
अन्य भन्दा सस्तो

यहाँ उत्पादन भएको सामान बाहिरबाट ल्याएको भन्दा २०/२५ रुपैयाँ सस्तो पर्छ । यहाँका सामान प्रयोग गर्दा साना/साना सामान हराउने फुट्ने समस्या हुँदैन । बाहिरबाट ल्याउँदा एउटा फिडरको सानो सामान पाइएन भने पुरै फिडर फेर्नुपर्छ तर कम्पास एग्रोले हामीले सबै फेर्न मिल्ने सामान उपलब्ध गराउँछ । यसले डिलरहरु र ग्राहक दुवैलाई सजिलो हुन्छ ।

कम्पासकै सामान किन प्रयोग गर्ने ?

कम्पासको सबै उत्पादन क्वालिटीको छ । अन्य र कम्पासको उत्पादनमा के फरक छ भने यस कम्पनीले हरेक उत्पादनको तीनवटा क्वालिटी बनाउने गरेको छ । सानो, मध्यम र उच्च दरको फरक/फरक मूल्य तोकिएको हुन्छ । थोरै लगानीमा थोरै समय कुखुरा पाल्छु भन्ने किसानले धेरै लगानी गर्ने कुरा भएन । यसलाई पनि मध्यनजर गर्दै कम्पास एग्रोले सामान उत्पादन गरेको छ । हाम्रो उद्देश्य भनेको कसरी हुन्छ किसानलाई सहज बनाउने भन्ने हो । किसानको माग अनुसारका सामान नै कम्पनीले उत्पादन गर्ने गरेको अधिकृत घिमिरेले बताउनुभयो ।

बजारको माग

बजारमा पोल्ट्रीजन्य सामानको माग राम्रो छ । पोल्ट्री क्षेत्र देशव्यापी रुपमा विस्तार भइरहेको छ । यो व्यवसायमा उतारचढाबका बीच युवापुस्ताको आकर्षण पनि उत्तिकै छ ।

कसरी सम्पर्क गर्ने ?

पोल्ट्री व्यवसाय गर्न चाहने र गरिरहेका किसान र व्यवसायीले प्रत्यक्ष कार्यालयमा पुगेर सम्पर्क गर्न सक्नेछन् भने फोनको माध्यामबाट पनि सम्पर्क गर्न सकिन्छ । यस्तै कम्पास एग्रोको फेसबुक पेजबाट पनि म्यासेज मार्फत सम्पर्क गर्न सकिनेछ । अन्य जानकारी चाहिएमा कम्पनीको वेभसाइट पनि हेर्न सकिनेछ ।

चितवनमा कार्यालय, नवलपुरमा उद्योग

यस कम्पनीको केन्द्रीय कार्यालय चितवनको नारायणगढमा छ । चितवन पोल्ट्रीको राजधानी भएकाले नै यसको कार्यालय यहाँ राखिएको हो । यसको उद्योग भने नवलपुरको दलदलेमा छ । त्यहाँबाटै नै सबै सामान उत्पादन हुन्छ । नारायणगढमा रहेको केन्द्रीय कार्यालयबाट उत्पादन भएका सामग्री बिक्री वितरण हुन्छ । चार जना व्यवसायीले झण्डै आठ करोड रुपैयाँको लगानीमा उद्योग स्थापना गरेका हुन् । यदी कसैलाई पोल्ट्री क्षेत्रमा लगानी गर्छु र भइरहेका फर्महरुलाई व्यवस्थित गर्छु भन्ने लागेको छ भने कम्पास एग्रो इन्डष्ट्रिजले सहयोग गर्छ । कसैले आफ्नै ब्राण्ड बनाएर सामान बिक्री वितरण गर्न चाहने उद्योगीका लागि पनि नाम र लोगो सहितको सामान कम्पनीबाट उत्पादन हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>