चितवन विशेष

औषधी व्यवसायी संघ चितवनको अध्यक्षमा तिमिल्सिना, उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा अधिकारी विजयी

Banner

चितवन, असोज ४-

नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा विनोद प्रसाद तिमिल्सीना चयन हुनु भएको छ । हिजो सम्पन्न सातौं अधिवेशनबाट संघको उपाध्यक्षमा लक्ष्मीलाल श्रेष्ठ, महासचिवमा तारानाथ अधिकारी, र सचिवमा टेकप्रसाद सापकोटा (बासु) विजयी हुनुुभएको हो ।

त्यसैगरी कोषाध्यक्षमा रुद्र प्रसाद सापकोटा र उपकोषाध्यक्षमा नवराज कँडेल निर्विरोध निर्वाचित हुनु भएको छ । सदस्यहरुको लागि भएको निर्वाचनमा मेघनाथ पौडेल, विनोद नेपाल र विजयी श्रेष्ठ विजयी हुनुभएको छ । अध्यक्ष, कोषाध्यक्ष र उपकोषाध्यक्ष निर्विरोध निर्वाचित हुनु भएको हो भने अन्य पदका लागि निर्वाचन भएको हो ।

यसअघि उद्घाटन सत्र नेपाल औषधि व्यवसायी संघका केन्द्रिय मृगेन्द्र मेहर श्रेष्ठ प्रमुख आतिथ्यतामा चितवनका अध्यक्ष इश्वर कुमार भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अधिवेशनमा संस्थापक र पूर्व अध्यक्षहरुलाई ताम्रापत्र सहित सम्मान गरिएको थियो । यस्तो लामो समय चितवनमा व्यवसाय गरिरहेका व्यवसायीलाई पनि सम्मान गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>