राजनीति
धेरै ठाउँबाट तानातान भयो, देशकै नेता हुन समानुपातिक रोजेँः महरा
०

काठमाडौं,असोज ३-
माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले समानुपातिक रोजेका छन्। आफ्नै चाहनाअनुसार आफू समानुपातिकतिर गएको महराले जानकारी दिए। उनले भने, ‘मलाई धेरै ठाउँबाट सिफारिस गरे। रोल्पा, दाङ-१, दाङ- २ जताततै तान्न थालेपछि म देशैको नेता हुन्छु भनेर समानुपातिकमा बसें।’
आफू चारपटक प्रत्यक्ष चुनाव लडेको र एकपटक मनोनित भएको उनले बताए। उनले भने, ‘पाँचपटक लडिसकेँ। समानुपातिकमा बसेको छैन।’ आफू समानुपातिकको पहिलो नम्बरमै हुने उनले बताए। महरा २०४८ मा रोल्पा-२, २०६४ मा दाङ-३, २०७० मा रोल्पा-१ र २०७४ मा दाङ-२ बाट प्रतिस्पर्धा गरेका थिए। सबै निर्वाचनमा उनी विजयी भएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























