राजनीति
राष्ट्रिय जनमोर्चाले बुझायो उम्मेदवारको बन्दसूची
०

काठमाडौं, असोज ३-
राष्ट्रिय जनमोर्चाले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
निर्वाचन आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।
अन्तिम दिन सोमबार राष्ट्रिय जनमोर्चाले समानुपातिक उम्मेदवारहरुको सूची बुझाएको हो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा १६५ सिटका लागि निर्वाचन हुनेछ भने समानुपातिक तर्फ ११० सिट रहेको छ । राष्ट्रिय जनमोर्चाले ११० सिटमै उम्मेदवारको नाम पठाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























