देश/प्रदेश
सेक्सोफोन बाजालाई नेपाली संगीत क्षेत्रमा स्थापित गर्ने सुनामको मृत्यु
०

काठमाडौँ, असोज ३
चर्चित संगीतकर्मी शुभबहादुर सुनामको आज बिहान निधन भएको छ । नाती एलिस कार्कीका अनुसार छाउनीस्थित सैनिक अस्पतालमा बिहान ५ बजे सुनामको मृत्यु भएको हो ।
लामो समयदेखि किड्नीको रोगबाट पीडित सुनामलाई राती असहज भएपछि अस्पताल लगिएको थियो । ७४ वर्षिय सुनामले ११ वर्षको उमेरदेखि नै नेपाली सेनाको ब्वाइज दर्जामा जागिर सुरु गरेर जर्नेलसम्म भएका थिए ।
त्यस्तै उनले सेक्सोफोन बाजालाई नेपाली संगीतको वाद्यवाधनमा स्थापित गर्ने चर्चित संगीतकर्मी पनि हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























