देश/प्रदेश

संविधान दिवसको शुभकामना दिँदै प्रचण्डले भने–निर्वाचनमा गठबन्धनका दलको जीत अपरिहार्य

Banner

चितवन, असोज ३–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संविधान दिवस–२०७९ को शुभकामना दिएका छन् । शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले संविधानकै कार्यान्वयनको क्रममा आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुन लागेको बताए ।

‘संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि यस निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ’, उनले वक्तव्यमा भनेका छन् ।

प्रतिगमन विरोधी अग्रगामी सम्पूर्ण नेपाली जनसमुदायले गठबन्धनमा रहेका दलहरुलाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि उनले अपील गरेका छन् ।

सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पु¥याउने श्रेय वर्तमान संविधानलाई जाने भन्दै उनले यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको दाबी गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>