राजनीति

पूर्वमन्त्री कृष्णकुमार भन्छन्ः पाँचवर्षे कार्यकालमा जनताका धेरै आकाङ्क्षा पूरा गर्न सक्यौँ

Banner

काठमाडौं,असोज २-

पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताका धेरै आकांक्षा पूरा गर्न सकेकोजस्तो लागेको बताएका छन्। उनले विभिन्न उतारचढावका बीच प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सफल रहेको बताएका हुन्।

‘संविधान बनेपछिको पहिलो संसद्को कार्यकालमा विभिन्न उतारचढाव रह्यो, दुईपटक विघटन भयो’, उनले भने, ‘ठ्याक्कै सन्तुष्टि हुने ठाउँ त छैन तर जनताका धेरै आकाङ्क्षा पूरा गर्न सक्यौँ भन्ने लाग्छ।’ निवर्तमान सांसद श्रेष्ठले संविधान, लोकतन्त्र र सङ्घीयता बचाउनुपर्ने कर्तव्य आफूहरूले निर्वाह गरेको बताए। ‘त्यही कारण हामीले पार्टीमा विद्रोह गर्‍योँ’, उनले भने। निवर्तमान सांसद केदार सिग्देलले एउटा विधायकले गर्नुपर्ने जिम्मेवारी पूरा गरेको बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>