राजनीति

६ महिनाभित्र जरिवाना नतिरे बालेन,रेनु र हर्कको पद खारेज हुने

Banner

काठमाडौं, भदौ ३१-

महानगरपालिका मेयरले निर्वाचन आयोगलाई साढे सात लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ। काठमाडौँका मेयर बालेन शाह, पोखराका मेयर धनराज आचार्य, भरतपुरकी मेयर रेनु दाहाल र विरगंजका मेयर राजेशमान सिंहलाई निर्वाचन आयोगले जरिवाना तोकेको हो। जरिवाना तिर्ने सूचीमा धरान उप महानगरपालिकाका मेयर हर्कराज राई पनि परेका छन्। उनले साढे पाँचलाख रुपैयाँ जरिवाना तिर्नुपर्ने छ।

आयोगको शुक्रबारको बैठकले चुनावी परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने नियम उल्लंघन गरेको भन्दै जरिवाना तोकेको हो। ‘बालेन शाह, धनराज आचार्य सहित हर्क साम्पाङ र रेनु दाहालले पनि जरिवाना तिर्नुपर्ने भएको छ। हामीले सात हजार पानामा जरिवाना तिर्नुपर्नेहरुको सूची तयार गरेका छौँ,’ आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले भने।

निर्वाचन आयोग निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उनीहरु सहित १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगको छ। निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ। त्यस अवधिभित्र विवरण नबुझाउनेहरुलाई आयोगले कारबाही गरेको प्रमुख आयुक्त थपलियाले बताए।‘कानुन बनाएपछि कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने हिसाबले हामीले निर्णय लिएका छौँ। कानुन उल्लंघनको छुट कसैलाई हुँदैन,’ थपलियाले भने।

आयोगले विविरण बुझाउन पटक-पटक तागेता गर्दा समेत वेवास्ता गरेपछि कानुन बमोजिम निर्णय लिइएको उनले बताए।‘पराजित भएकाहरुको हकमा जरिवाना नतिरे उम्मेदवार बन्न नपाउने र विजयी भएकाहरुले ६ महिनाभित्र जरिवाना नतिरे उनीहरुको पदनै जान्छ। जरिवानामा हामीले कुनै छुट दिनसक्दैनौँ। स्वच्छ निर्वाचनको सन्देश दिनका निम्ति पनि आयोग यो निर्णयमा पुगेको हो,’ थपलियाले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>