चितवन विशेष

खाली खुट्टा तार जोड्ने क्रममा हातमा करेन्ट लागी घाइते

०
Banner

चितवन, भदौ ३१–

भरतपुर महानगरपालिका–३ बाह्रघरेस्थित उर्मिला चौधरीको घरमा मार्बल काट्न बल्बको तार जोड्ने क्रममा करेन्ट लागेर भारतीय नागरिक घाइते भएका छन् ।

आज (बिहीबार) साँझ करिब साढे ६ बजेको समयमा खाली खुट्टा बल्बको तार जोड्ने क्रममा दुवै हातमा करेन्ट लागेर भारत मोतिहारी घर भई हाल भरतपुर–७ विशाल चोक बस्ने ३२ वर्षीय पप्पु कुमार दास घाइते भएका हुन् ।

घाइते दासको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>