चितवन विशेष

खाली खुट्टा तार जोड्ने क्रममा हातमा करेन्ट लागी घाइते

Banner

चितवन, भदौ ३१–

भरतपुर महानगरपालिका–३ बाह्रघरेस्थित उर्मिला चौधरीको घरमा मार्बल काट्न बल्बको तार जोड्ने क्रममा करेन्ट लागेर भारतीय नागरिक घाइते भएका छन् ।

आज (बिहीबार) साँझ करिब साढे ६ बजेको समयमा खाली खुट्टा बल्बको तार जोड्ने क्रममा दुवै हातमा करेन्ट लागेर भारत मोतिहारी घर भई हाल भरतपुर–७ विशाल चोक बस्ने ३२ वर्षीय पप्पु कुमार दास घाइते भएका हुन् ।

घाइते दासको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>