अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति पुटिनलाई भेट्नेः रुसी राजदूत

Banner

नयाँदिल्ली, भदौ ३०- 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साङ्घाई सहयोग सङ्गठन सदस्य राष्ट्रहरुको प्रमुखहरूको परिषद्को २२ औं शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट गर्नेछन् । उज्बेकिस्तानको समरकन्दमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले बिहीबार भन्नुभएको छ ।

रुसका राष्ट्रपति पुटिनले आगामी साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनुहुने भएको छ । प्रधानमन्त्री मोदी पनि जाँदै हुनुहन्छ । हामीले पहिले नै घोषणा गरिसकेका छौं कि समरकन्दमा प्रधानमन्त्री मोदीसहित धेरै बैठकहरू हुनेछन्,“ अलीपोभले एएनआईसँगको अन्तर्वार्तामा भन्नु भएको छ । कोभिड–१९ महामारीको दुई वर्षपछि उज्बेकिस्तानको समरकन्दमा बिहीबारदेखि सुरु हुँदैछ ।

एससीओ धेरै सफल भएको छ । यो विभिन्न संयन्त्रहरू र विभिन्न ट्र्याकहरूमा व्यापक सहयोगको साथ स्थापित संस्था हो । एससीओ सङ्गठनअन्तर्गत सयौं संयन्त्रहरू काम गर्दछ, राजनीतिक मामिला र सुरक्षासँग सम्बन्धित मामिलाहरूमा मात्र होइन, तर मुख्य रूपमा आर्थिक क्षेत्रमा व्यापारमा र सदस्य देशका जनताका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने गरेको रुसी राजदूतले भन्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>