राजनीति

ओलीले असोज ८ गते लोसपा सांसद उमाशंकरलाई एमाले प्रवेश गराउने

Banner

काठमाडौँ, भदौ ३०-

समाजवादी पार्टी (लोसपा) का सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् । उनी असोज ८ गते एक कार्यक्रमको आयोजना गरि एमाले प्रवेश गर्ने लागेका हुन् ।

धनुषा-२ बाट चुनाव जितेका अरगरियालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउने भएका छन् । त्यस्तै उनले एमालेमा प्रवेश गर्ने निर्णय गरिसकेभए पनि हालसम्म लोसपाबाट राजीनामा नदिएको जानकारी दिए ।’ त्यस्तै राजीनामा दिने विषयमा छलफल गरिरहेको उनले बताए ।

०७४ को चुनाव अरगरियाले तत्कालीन समाजवादी पार्टी, नेपालबाट जितेका थिए । तर राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता गरी बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजन हुँदा भने उनले लोसपा रोजेका थिए । लोसपाले अरगरियालाई सचेतकको जिम्मेवारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>