राजनीति

४ पूर्वप्रधानन्यायाधीशहरू पनि महाभियोग समितिको बैठकमा नजाने

Banner

काठमाडौँ, भदौ ३०-
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ४ पूर्वप्रधानन्यायाधीशहरू पनि महाभियोग समितिको बैठकमा नजाने भएका छन् ।
पूर्वप्रधानन्यायाधीहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्की समितिको बैठकमा जानु उपयुक्त नहुने निश्कर्षमा पुगेका हुन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि बोलाएको थियो ।

यसअघि हिजै सर्वोच्चका सबै न्यायाधीश सम्मिलित फुलकोर्ट बसेर न्यायाधीशहरु पनि महाभियोग सिफारिस समितिले बोलाएको छलफलमा जान नहुने निर्णय गरिसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>