राजनीति
उपाध्यक्ष बनेर राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र
०

काठमाडौँ, भदौ २९–
विवेकशील साझाका पूर्व सभापति रवीन्द्र मिश्र अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्ने भएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनपछिको दोस्रो वरीयताको उपाध्यक्ष बनेर मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन्। राप्रपा र मिश्र निकट स्रोतहरुले उपाध्यक्षमा सहमति भइसकेको जनाएका छन् । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ ।
राप्रपा महामन्त्री भुवन पाठकले मिश्र प्रवेशको घोषणा केहीदिनमै हुने जानकारी दिए । मिश्रलाई राप्रपाले काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























