Breaking News

प्रहरी र क्यानको सम्पर्कमा छैनन् सन्दीप, दुईदिन अघि नै हिडेका उनि कहाँ गए ?

Banner

काठमाडौं,भदौ २९-

नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने नेपाल कहिले आइपुग्छन् भन्ने प्रश्न सबैको चासोको विषय बनेको छ।
सन्दीप कहाँ गए ? हराएकै हुन् त ? भन्ने प्रश्न सामाजिक सञ्जालमा उठ्न थालेको छ। भदौ २६ गते दुईदिन अघि नै सन्दीप हिँडिसकेको भन्ने समाचार बाहिरिएको थियो तर उनी हालसम्म पनि नेपाल आएपुगेका छैनन्। न त उनी प्रहरी र क्यानको सम्पर्कमा छन्। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भरत बोहोराले हालसम्म लामिछाने प्रहरीको सम्पर्कमा नरहेको बताएका छन्।

‘हालसम्म उनी हाम्रो सम्पर्कमा छैनन्, भएको भए प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ, लुकाउने भन्ने कुरा नै छैन’, उनी भन्छन्, ‘उनी केहीदिन अघि नै त्यहाँबाट हिँडिसकेको भन्ने अपुष्ट समाचार फैलिए पनि त्यो सत्य होइन, उनी अहिलेसम्म नेपाल आएपुगेका छैनन्।’ सन्दीप नेपाल आइनपुगे प्रहरीले थप प्रक्रिया अघि बढाउने उनले बताएका छन्।

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का महाप्रवन्धक (जिएम) बृतान्त खनालका अनुसार सन्दीप क्यानसँग पनि सम्पर्कमा आएका छैनन्। उनी भन्छन्, ‘औपचारिक रुपमा सन्दीप क्यानसँग सम्पर्कमा आएको भन्ने मलाई कुनै जानकारी छैन।’ उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार भने सन्दीपले केही दिनअघि नै नेपाल आउन लागेको फ्लाइट टिकट रद्द गरेका थिए। सोहि क्रममा केहीदिन अघि नै सन्दीप हिँडिसकेको भन्ने समाचारले चर्चासमेत कमाएको थियो। नाबालिकलाई बलात्कार गरेको भन्दै भदौ २१ गते साँझ गौशाला प्रहरी वृत्तमा लामिछानेविरुद्ध जाहेरी दर्ता भएको थियो। उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>