चितवन विशेष

चितवन–३ मा वैकल्पिक शक्तिको साझा उम्मेदवार बस्नेत, भन्छन्ः प्रधानमन्त्री हुन सक्षम छु

Banner

चितवन,भदौ २९–

स्वतन्त्र र वैकल्पिक राजनीतिक शक्तिले चितवन क्षेत्र नं ३ मा विवेकशिल साझाका भुपेन्द्र बस्नेतलाई साझा उम्मेदवार बनाउने भएको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा बस्नेत प्रतिनिधि सभा सदस्यको साझा उम्मेदवार बन्ने भएका हुन् । नेपाल सुशासन पार्टी, विवेकशिल साझा पार्टी, उन्नत लोकतान्त्रिक पार्टी र स्वतन्त्र अभियान्ताले जिल्लाका तीन वटै प्रतिनिधि सभा क्षेत्रमा साझा उम्मेदवार उठाउने घोषणा गरेका छन् ।

चितवन क्षेत्र नं १ मा सुशासन पार्टीका गोविन्द प्रसाद रिजाल र क्षेत्र नं २ मा स्वतन्त्रबाट अँगुर पन्त प्रतिनिधि सभा सदस्यको उम्मेदबार बन्ने भएका हुन् । प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं १ (ख)मा सुशासन पार्टीका अमृत पन्त, २ (ख)मा सुशासन पार्टीकै केदार पन्त र ३ (ख)मा उन्नत लोकतान्त्रिक पार्टीका कृष्ण अधिकारीलाई उम्मेदवार बनाइएको सुशासन पार्टीका राष्ट्रिय अध्यक्ष रमेश खरेलले बताए ।

चितवन–३ मा आफ्नो उम्मेदवारी घोषणा गर्दै बस्नेतले आफु चितवनको समग्र विकासको पक्षमा रहेको बताए । आफु प्रधानमन्त्री बन्न पनि सक्षम रहेको भन्दै उनले चितवनमा समस्या र सम्भावना उत्तिकै रहेको बताए ।

‘चितवनमा सम्भावना र समस्या प्रशस्त छन्, पहिचान र निराकरण जरुरी छ । हाम्रो संजालले देशव्यापी रूपमा बहुमत ल्याए म प्रधानमन्त्री बन्न सक्षम छु’, उनले भनेका छन् । महानगरको गेष्ट हाउस चौरको संरक्षणदेखि माडीको विकासमा निरन्तर आवाज उठाउँदै आएको उनले दाबी गरे । भरतपुरलाई नयाँ अवधारणामा विकास गर्नुपर्ने उनले बताए ।

सुशासन पार्टीका राष्ट्रिय अध्यक्ष खरेलले नेपालमा भ्रष्टाचार र कुशासन अन्त्यका लागि आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । सचेत नेपाली पार्टीका अध्यक्ष पुन्य प्रसाद प्रसाईले स्वतन्त्र तथा बैकल्पिक राजनीतिक शक्तिको लहर आएकोले सबैलाई समाहित भएर सहयोग गर्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>