राजनीति

नेपालले पाकिस्तानलाई २ करोड बराबरको राहत दिने मन्त्रिपरिषद्को निर्णय

Banner

काठमाडौं,भदौ २७-

नेपालले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरिरहेको पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने निर्णय गरेको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

सरकारले पाकिस्तानमा बाढी, पहिरोका कारण ज्यान गुमाउनेहरूप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारलाई समवेदना पनि व्यक्त गरेको छ ।
गएको दुई महिनादेखिको वर्षाका कारण भएको बाढी, पहिरो पाकिस्तानमा एक हजार चार सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>