राजनीति

बागमती प्रदेश सांसद रिता माझीले छाडिन् राप्रपा

Banner

हेटौंडा, भदौ २७ –

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिता माझीले पार्टी परित्याग गरेकी छिन् । पार्टी विभाजनपछि लिङ्देनको साथमा रहदै आएकी माझीले उनको साथ छाडेकी हुन् । रामेछापकी माझी समानुपातिक कोटाबाट बागमती प्रदेश सदस्य भएकी हुन् ।

आइतबार राति प्रेस नोट जारी गर्दै माझीले अहिले मुलुकले एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको भन्दै राप्रपा वर्तमान आवश्यकतालाई परिपूर्ति गर्ने ढंगबाट अघि बढ्न नसकेको आरोप लगाउदै लिङ्देनको साथ छाडेकी हुन् ।

उनले भनेकी छ्न्,‘छरिएर रहेका सबै राष्ट्रवादी, देशभक्त प्रजातन्त्र प्रेमीहरूलाई समेटेर लैजान सक्ने सक्षम नेतृत्व मुलुकले खोजिरहेको छ । तर, दुर्भाग्य अहिलेको आवश्यकतालाई परिपूर्ति गर्ने ढंगबाट राप्रपा अघि बढ्न सकेन । साँघुरो सोच र व्यवहार, अंहकार, कुण्ठा अनि पूर्वाग्रह प्रेरित भावनाबाट नेतृत्व तह अघि बढ्नुलाई आम कार्यकर्ताले अस्वभाविक रुपमा लिएका छन् ।’

राप्रपा बाहिरबाट हेर्दा मोटाएको जस्तो देखिने तर भित्रभित्रै रोगले सुन्निएको अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेकी छन्। ‘यो सबै घाम जत्तिकै छर्लङ्ग तथ्यलाई बुझेर पनि भावना शून्य, बिचारहीन राप्रपामा बसिरहन आत्माले स्वीकार नगरेका कारण आजैका मितिदेखि लागू हुने गरी निर्वाचित केन्द्रीय सदस्यसहित राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको छु । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>